काठमाडौं । टोटेनहमका फरवार्ड सन् ह्युङ मिनलाई जातीय दुर्व्यवहार गर्नेलाई चेल्सीले कडा कारबाही गर्ने भएको छ।
चेल्सीले दुर्व्यवहारको छानबिन भईरहेको र दोषीलाई कडा कारबाही गरिने जनाएको छ ।
स्टामफोर्ड ब्रिजमा चेल्सी र टोटेनहमबीचको खेल दौरान सनलाई दुर्व्यवहार भएको थियो ।
कर्नरका लागि गएको बेला सनलाई समर्थकले जातीय दुर्व्यवहार गरेको बताईएको छ । उक्त खेलमा २-२ को बराबरीमा सकिएको थियो ।
चेल्सीले यस अघि पनि आफ्ना समर्थकलाई आजीवन प्रतिबन्ध गरेको थियो ।
चेल्सीले विज्ञप्तिमा जातीय दुर्व्यवहार घृणित काम भएको जनाएको छ ।
दुर्व्यवहार गर्ने समर्थकलाई क्लबमा ठाउ नरहेको समेत चेल्सीले जनाएको छ ।