काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले ब्राजिलियन मिडफिल्डर क्यासिमिरो अनुबन्धको लागि प्रस्ताव गरेको छ।
युनाईटेडले मिडफिल्डर क्यासिमिरो अनुबन्धका लागि रियल मड्रिडसामु ६० मिलियनको प्रस्ताव गरेको हो ।
युनाईटेडको प्रस्ताव स्वीकार गरेमा क्यासिमिरो क्लबको सर्वाधिक कमाउने खेलाडी बन्ने छन् ।
युनाईटेडका मुख्य प्रशिक्षक एरिक टेन हागले टिमको मिडफिल्ड बलियो बनाउन उनलाई अनुबन्धको योजना बनाएका हुन् ।
क्यासिमिरो २०१३ बाट रियलमा रहेका छन् ।
उनले ३ ला लिगा र ५ च्याम्पियन्स लिग जितेका छन् ।
रियलसँग उनको सम्झौता २०२५ सम्मको रहेको छ ।