रेफ्री सेमिनार सुरु
बुधबार, भदौ १, २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपाल कराते महासंघअन्तर्गतको राष्ट्रिय रेफ्री कमिसनको आयोजनामा नवौं राष्ट्रिय रेफ्री सेमिनार तथा परीक्षा हेटौंडामा बुधबारदेखि सुरु भएको छ ।
सेमिनारमा २ सय भन्दा बढीको सहभागिता रहेको बताइएको छ । सेमिनारको औपचारिक उद्घाटन भने बिहीबार मात्र हुने छ ।
सेमिनारका लागि दक्षिण एसियाली कराते महासंघका अध्यक्ष एचएम सिसिरा कुमारा बिहीबार नेपाल आउदै छन् ।
सेमिनार भदौ ४ गतेसम्म चल्ने छ ।
रेफ्री सेमिनार सुरु






-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)




%20(2)-1761961917188.png&w=3840&q=75)



