बुधबार, २३ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

भलिबल संघमा ९ उपाध्यक्षको प्रस्ताव !

बुधबार, ०१ भाद्र २०७९खेलपाटी संवाददाता
भलिबल संघमा ९ उपाध्यक्षको प्रस्ताव !
Classic Tech Internet Ad

काठमाडौं । नेपाल भलिबल संघमा ९ उपाध्यक्ष रहने गरि विधान संशोधन गरिएको छ । 

संघले गठन गरेको विधान संशोधन समितिले सातै प्रदेशको प्रतिनिधित्व हुने गरि ७ उपाध्यक्ष र दुई मनोनितको व्यवस्था सहित ९ उपाध्यक्ष रहने गरि विधान संशोधन गरेको हो । 

मंगलबार काठमाडौंमा बसेको संघको पूर्ण बोर्ड बैठकले संशोधित विधानलाई पारित गरेको छ । संशोधित विधान कार्यान्वयनमा आउन संघको साधारण सभाले पारित गर्नुपर्नेछ । संघको वर्तमान विधानमा ५ उपाध्यक्ष निर्वाचनबाट आउने र दुई जनालाई अध्यक्षले मनोनित गर्न पाउने व्यवस्था छ । संघको संशोधित विधान अनुसार संघको नयाँ कार्यसमिति ४१ सदस्यीय बन्नेछ । 

संघको वर्तमान कार्यसमिति ३९ सदस्यीय रहेको छ । जसमा अध्यक्ष सहित ७ उपाध्यक्ष, एक महासचिव, ७ सचिव, एक कोषाध्यक्ष र २२ सदस्य सहित ३९ सदस्यीय कार्यसमितिको व्यवस्था छ । 

संघले विधान संशोधनका लागि पूर्व उपाध्यक्ष गंगाबहादुर थापा मगरको संयोजकत्वमा समिति गठन गरेको थियो । 
विधान समितिले संघको साधारण सभामा खेलाडीको प्रतिनिधित्व हुने गरि पूर्व अन्तराष्ट्रिय खेलाडीबाट एक पुरुष र एक महिलालाई साधारण सभामा सहभागी गराउने व्यवस्था गरेको छ ।

यस्तै, नगर भलिबल संघ गठनका लागि महानगर र उपमहानगरमा १३ सदस्यीय कार्यसमिति रहने र नगरपालिका र गाउँपालिकामा ११ सदस्यीय कार्यसमिति रहने गरि विधानमा व्यवस्था गरिएको छ । जसमा दुई जना सदस्य सम्बन्धित पालिकाबाट रहनेछन् । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले विधानका केही बुँदा संशोधनका लागि निर्देशन दिएपछि संघले मंगलबार पूर्ण बोर्ड बैठक राखेको थियो । बैठकले विधान संशोधन समितिको प्रस्तावलाई सर्वसम्मत रुपमा पारित गरेको छ र साधारण सभामा लैजाने निर्णय गरेको छ । 

भलिबल संघको केन्द्रिय निर्वाचन सहितको साधारण सभा भदौ २२ गते काठमाडौंमा हुदैछ । संघको नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष निरोज मास्केले अध्यक्ष पदमा उम्मेदवारीको औपचारिक घोषणा गरिसकेकी छिन् । 
 

Bajaj Pulsar Motorcycle Ad
#भलिबल संघ

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

प्रतिभा एनभीए च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी

प्रतिभा एनभीए च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी

आर्मीलाई हराउँदै हेल्प नेपालले जित्यो लगातार उपाधि

आर्मीलाई हराउँदै हेल्प नेपालले जित्यो लगातार उपाधि

पुलिसलाई साेझाे सेटमा हराउँदै न्यु डायमण्ड च्याम्पियन

पुलिसलाई साेझाे सेटमा हराउँदै न्यु डायमण्ड च्याम्पियन

Bajaj Pulsar Motorcycle Ad
एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

विश्वकप खेल्ने क्रिकेट टिमको घोषणा

विश्वकप खेल्ने क्रिकेट टिमको घोषणा

एन्फा चुनावको मिति अस्वीकृत, तहगत निर्वाचनको निर्देशन

एन्फा चुनावको मिति अस्वीकृत, तहगत निर्वाचनको निर्देशन

१८ महिनापछि बार्सिलोनामा फर्किंदै कान्सेलो

१८ महिनापछि बार्सिलोनामा फर्किंदै कान्सेलो

नेयमारलाई सन्न्यास लिने सोच आएको थियो !

नेयमारलाई सन्न्यास लिने सोच आएको थियो !

अतिरिक्त समयमा सलाहको निर्णायक गोल, इजिप्ट एएफकनको क्वार्टरफाइनलमा

अतिरिक्त समयमा सलाहको निर्णायक गोल, इजिप्ट एएफकनको क्वार्टरफाइनलमा

एपीएफले गर्‍यो त्रिवेणी कपको उपाधि रक्षा

एपीएफले गर्‍यो त्रिवेणी कपको उपाधि रक्षा

आईसीसी टी–२० विश्वकपको ट्रफी नेपालमा

आईसीसी टी–२० विश्वकपको ट्रफी नेपालमा