• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
एमबाप्पेको पूरा करियर भन्दा मेस्सी र नेयमारको बायाँ खुट्टा ठुलो   
खेलपाटी संवाददाता
मंगलबार, साउन ३१, २०७९ खेलपाटी संवाददाता
एमबाप्पेको पूरा करियर भन्दा मेस्सी र नेयमारको बायाँ खुट्टा ठुलो   

काठमाडौं ।  पेरिस सेन्ट जर्मेन (पीएसजी) का फ्यानहरू आफ्ना स्टार फरवार्ड केलियन एमबाप्पेसँग रिसाएका छन् ।  किनभने उनले शनिबार मोन्टपेलियरसँगको भिडन्तमा आफ्नो टोलीका लागि काउन्टर-अट्याकको क्रममा दौडन छोडेका थिए ।

पीएसजीका लागि नेयमार र एमबाप्पे दुवैको नाम स्कोरशिटमा रह्यो । खेल ५-२  ले पीएसजीले जित्यो । लियोनल मेस्सी गोलविहीन रहे तर पिचमा फ्रान्सेली फरवार्डको व्यवहारले सामाजिक सञ्जालमा धेरै फ्यानहरूलाई रिस उठाएको छ ।

ग्रोइनको चोटबाट फर्केका एमबाप्पे शनिबार उग्र देखिए । उनले पेनाल्टी मिस गरेका थिए । पछि बक्स भित्र मेस्सीलाई फाउल गरेपछि पीएसजीले अर्को पेनाल्टी प्राप्त गर्यो । मेस्सीले नेयमारलाई सो पेनाल्टी लिन भने । यो कुरा एमबाप्पेलाई मन परेन । यत्तिकैमा एमबाप्पे मेस्सीलाई धक्का दिँदै अगाडी बढे । उनको यस्तो व्यवहारले मेस्सी अचम्मित बनेको भिडियोमा देख्न सकिन्छ ।

Marquinhos Answers on Whether There Are 'Balance' Concerns With PSG's Messi,  Neymar and Mbappe Trio - PSG Talk

एमबाप्पेले नेयमारलाई त्यो पेनाल्टी आफु लिन्छु भन्दै कर गरेको देखियो । तर, नेयमार आफैले त्यो पेनाल्टीलाई गोलमा परिणत गरे । सबै जनाले गोलको खुसीयाली मनाए । तर, एमबाप्पेले मनाएनन । प्रत्यक्ष खेल हेरिरहेका फ्यानहरु उनको आलोचना गर्न थालिसकेका थिए ।

नेयमार यो सिजन प्रभावशाली प्रदर्शन गरिरहेका छन् । यसअघि  एमबाप्पे अनुपस्थित हुँदा पनि उनले टिमलाइ डोर्याउदै लगे । पुराना साथी मेस्सीसँग उनको राम्रो लिंक छ । दुबै जना तालमेल मिलाएर खेल्छन । जुन कुरा एम्बाप्पेलाई चित्त बुझ्दैन । पीएसजीमा उनी मेस्सी, नेयमार भन्दा महत्वपुर्ण व्यक्ति बन्न चाहन्छन् ।

ट्वीटरमा एक समर्थक  यसरि आक्रोश पोख्छन्,'उनले आफु कोसँग खेल्दैछु भन्ने बिर्सिरहेका छन् । उनी  यो पुस्ताकै दुई जना महान फुटबलरसँग खेल्न पाइरहेका छन् । उनीहरुबाट सिक्न सक्छन । तर एमबाप्पेलाई पैसाको मात चढेको छ । घमण्डले उनी मात्तिएका छन् । उनले बिर्सिन्छन् आफ्नो पूरा करियर भन्दा मेस्सी, नेयमारको बायाँ खुट्टा नै धेरै ठुलो छ । आखिर उनमा यति ठुलो घमण्ड सिर्जना हुनुमा स्वयम पीएसजी क्लबकै हात छ ।

पीएसजी फ्यानहरूका लागि एउटै चिन्ता यो हो कि उनीहरूले यूईएफए च्याम्पियन्स लिगमा के गर्छन ! केलियन एमबाप्पेको व्यवहारलाई हेर्दै एक प्रशंसकले यस्तो पनि लेखे, 'पीएसजीले लिग १ फेरि जित्नेछ तर, एमबाप्पेको इगोले उनीहरूलाई च्याम्पियन्स लिगको मूल्य चुकाउनुपर्नेछ।'

फ्रान्सेली रिपोर्टर रोमेन मोलिनाका अनुसार एमबाप्पेले नेयमारलाई सकेसम्म चाँडो हटाउन क्लबलाई आग्रह गरेका छन् । पीएसजी बोर्डसँग एमबाप्पेले गरेको गोप्य अनुरोधको बारेमा नेयमारले थाहा पाएका छन् । विश्वास गरिन्छ कि जब नेयमारलाई आफुविरुद्ध एमबाप्पेको हर्कत थाहा भयो त्यसबेलादेखि यो जोडीको सम्बन्ध बिग्रिएको छ ।

सामाजिक संजाल ट्वीटरमा नेयमारले एमबाप्पे र पीएसजीको आलोचना गरिएका दुई ट्वीटलाई लाइक गरेसँगै सम्पूर्ण विवाद सतहमा आएको छ।

ले पेरिसियनका अनुसार, पीएसजी निर्देशक लुइस क्याम्पोसले भोलिपल्ट एमबाप्पे र नेयमारलाई भेटेका थिए । उनीहरुको पेनाल्टी विवाद सम्बन्धि विषयमा । नेयमार र एमबाप्पेले बैठकको अन्त्यमा स्वीकार गरे । घटना समाप्त भएको थियो । ड्रेसिङ रुममा उनीहरूले एकता देखाउने अपेक्षा थियो ।

एमबाप्पे गत हप्ता प्रशिक्षण मैदानमा खराब मुडमा थिए भनिएको छ । उनका टोलीका साथीहरू कारणबारे अनजान थिए ।  त्यसपछि शनिबार साँझको खेल पछि रिपोर्ट गरिएको थियो कि एमबाप्पे केहि व्यक्तिगत समस्याहरूसँग जुधिरहेका थिए ।

पिचमा एमबाप्पेको खराब व्यवहारपछि प्रशिक्षकले के भने ?

पीएसजीका प्रशिक्षक क्रिस्टोफ गाल्टियरले क्यानल प्लसलाई भने, 'एमबाप्पे प्रतिस्पर्धी हुन् ।  उनी राम्रो बन्न चाहन्छन् र उनी छिटो राम्रो बन्न चाहन्छन् । उनलाई शतप्रतिशत फिट हुन अलि समय चाहिन्छ । जब ऊ शतप्रतिशत फिट हुन्छ तब उसले अझ धेरै फरक पार्छ।'

प्रशिक्षक कुरालाई टार्न चाहिरहेका थिए । वास्तविकता त यो हो कि पीएसजीमा प्रशिक्षक भन्दा एमबाप्पे शक्तिशाली बनाईदैछन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनआरटीको पुनरागमन जित
एनआरटीको पुनरागमन जित
चर्च ब्वाइजको फराकिलो जित
चर्च ब्वाइजको फराकिलो जित
लगातार दोस्रो पटक ल्होत्से च्याम्पियन
लगातार दोस्रो पटक ल्होत्से च्याम्पियन
मनिष बने अफगानिस्तान टोलीको गोलकिपर प्रशिक्षक
मनिष बने अफगानिस्तान टोलीको गोलकिपर प्रशिक्षक
नेयमारलाई रुवाउने खेल !
नेयमारलाई रुवाउने खेल !
भारतीय टोलीको बन्द प्रशिक्षणमा अटेनन् सुनिल
भारतीय टोलीको बन्द प्रशिक्षणमा अटेनन् सुनिल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एनआरटीको पुनरागमन जित
एनआरटीको पुनरागमन जित
नखिपोट फुटबल असोजमा
नखिपोट फुटबल असोजमा
चर्च ब्वाइजको फराकिलो जित
चर्च ब्वाइजको फराकिलो जित
लगातार दोस्रो पटक ल्होत्से च्याम्पियन
लगातार दोस्रो पटक ल्होत्से च्याम्पियन
मनिष बने अफगानिस्तान टोलीको गोलकिपर प्रशिक्षक
मनिष बने अफगानिस्तान टोलीको गोलकिपर प्रशिक्षक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP