इबीएलाई दोहोरो सफलता
आइतबार, साउन २९, २०७९खेलपाटी संवाददाता
काठमाडौं । इडेन ब्रिज एकेडेमी (इबीए) ले नवौं ग्रिन्फिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार दोहोरो सफलता हात पारेको छ ।
सिनियर ब्वाइजमा इबीएले न्यु जेनिथलाई ३८–१३ तथा जुनियर ब्वाइजमा इबीएले सेबलाई १८–८ ले पराजित गर्यो ।
सिनियर ब्वाइजको अन्य खेलमा ब्राइट होराइजनले ग्रिन लाउन्सलाई ३७–१९, ज्ञाननिकेतनले आयोजक ग्रिन फिल्ड ‘बी’ लाई ३१–१९, नेपाल सेन्टरले हेम्सलाई ४४–३६ र जेनिथले काठमाडौं जेभियरलाई ७८–४८ ले हराए ।
जुनियर ब्वाइजको अर्को प्रतिस्पर्धामा ओरेकलले हिमालयनलाई १२–८ ले पन्छायो । सिनियर गल्र्समा आर्याले महामन्जुश्रीलाई २०–९, संस्कृतिले ओरेकललाई २०–८ तथा हिमालयनले हेम्सलाई १९–१८ ले पाखा लगाए ।
इबीएलाई दोहोरो सफलता








-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


