'प्लेयर अफ दि इयर' को मनोनयन सार्वजनिक

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलको प्लेयर अफ दि इयरको मनोनयन सार्वजनिक भएको छ ।
युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले शुक्रबार मनोनयन सार्वजनिक गरेको हो ।
पुरुषको प्लेयर अफ दि इयर मनोनयनतर्फको शीर्ष तीनमा रियल मड्रिडका करिम बेन्जिमा, म्यानचेस्टर सिटीका केभिन डे ब्रुएना र रियलकै थिवाउट कोर्टुवा रहेका छन् ।
यस्तै रोबर्टो लेवान्डोस्की, लुका मोड्रिच, साडियो माने, मोहमद सलाह, केलियन एमबाप्पे, भिनिसियस जुनियर, भिर्गिल भान डाइक, बेर्नार्डो सिल्भा, फिलिप कोस्टिक, लोरेन्जो पेल्लिग्रेनी, ट्रेण्ड आर्नोल्ड र फाबिन्हो शीर्ष १५ मा रहेका छन् ।
लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो मनोनयन सूचीको शीर्ष १५ मै अटाएका छैनन् ।
पुरुषको कोच अफ दि इयरको मनोनयनमा पेप ग्वार्डीओला, कार्लो एन्सेलोटी र योर्गेन क्लोप शीर्ष तीनमा रहेका छन् ।
विजेताको घोषणा आगामी अगस्ट २५ मा हुनेछ ।