यू-१७ को बन्द प्रशिक्षणबाट १५ खेलाडी बाहिरिए

काठमाडौं । यू-१७ राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षणमा रहेका १५ खेलाडी बाहिरिएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार यू-१७ को बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट १५ खेलाडी बाहिरिएको जनाएको छ ।
यू-१७ टोलीको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले १५ खेलाडी बाहिर राख्दै ३० खेलाडी छनोट गरेको एन्फाले जनाएको छ ।
एन्फाले साफ यू-१७ च्याम्पियनसिप र एएफसी यू-१७ एसियन कप छनोटका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको छ ।
श्रीलंकामा आयोजना हुने साफ यू-१७ च्याम्पियनसिपमा नेपाल समूह 'बी' मा परेको छ ।
नेपालको समूहमा भारत र भुटान रहेको छ । यस्तै समूह 'ए' मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेको छ ।
श्रीलंकामा आयोजना हुने साफ यू-१७ आगामी सेप्टेम्बर ५ बाट हुनेछ ।
यस्तै भियतनाममा हुने यू-१७ एसियन कप छनोट अक्टोबर १ देखि ९ सम्म हुनेछ ।
छनोट भएका खेलाडी -
मुकेश घर्ती, रुबिन बोगटी, कृषल मोक्तान, सिमन्त थापा, उनिश मगर, सुवास मगर, उनिश बुढाथोकी, जनप्रकाश बम, निशान तामाङ, सिजल राई, मधु पौडेल, गौरव महर्जन, विक्रम तामाङ, हरीश भट्ट, लचु थापा, प्रशान्त लक्सम, कृष्णबहादुर थापा, प्रशान्त लक्सम,निरोज कार्की, समिर तामाङ, धनसिंह विक, दीपक थापा मगर, मानव पोखरेल, कुशल देउवा, मिरक लिङ्देन, प्रीतम कार्की, विनोद केसी, धिरज विक, सोहन स्याङ्ताङ, निराजन धामी, सरोज दर्लामी, समिर चन्द