डेफो फरक भूमिकामा टोटेनहम फर्किए
२०२२ अगस्ट १२, शुक्रबारखेलपाटी संवाददाता
1660294087.jpg&w=3840&q=75)
काठमाडौं । पूर्व स्ट्राइकर जर्मेन डेफो प्रशिक्षकको रुपमा प्रिमियर लिग क्लब टोटेनहम फर्किएका छन् ।
टोटेनहमले शुक्रबार डेफो एकेडेमीको कोचिङ स्टाफ र क्लब एम्बासडरको रुपमा क्लब फर्किएको जनाएको छ ।
इंग्ल्यान्डका पूर्व स्ट्राइकर डेफोले २०१४ मा टोटेनहम छाडेका थिए ।
त्यसअघि उनले टोटेनहमका लागि ३ सय ६३ खेलमा १ सय ४३ गोल गरेका थिए ।
त्यसबाहेक उनले बर्नेमाउथ, वेस्ट ह्याम, टोरन्टो, सन्डरल्याण्ड, पोर्ट्समाउथ र रेन्जर्सबाट खेलेका छन् ।
गत सिजन उनले सन्डरल्याण्डबाट खेलेका थिए ।
डेफो फरक भूमिकामा टोटेनहम फर्किए