खेलाडीले बुट र ग्लोभ्स किन्न पाउदै आएको रकम बढ्यो
२०२२ अगस्ट १२, शुक्रबारखेलपाटी संवाददाता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टोलीका खेलाडीलाई प्रतियोगिता अगाडी फुटबल बुट र ग्लोभ्स किन्न दिदै आएको नगद रकम बढाएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार बसेको दोस्रो कार्यसमिति बैठकले खेलाडीलाई बुट र ग्लोभ्स किन्न दिदै आएको रकम बढाउने निर्णय गरेको हो ।
खेलाडीलाई बुट किन्न १० हजार र ग्लोभ्स किन्न ६ हजार नगद दिने निर्णय भएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।
यस अघि खेलाडीले बुट किन्न ६ हजार र ग्लोभ्स किन्न ४ हजार पाउदै आएका थिए ।
सिनियर, महिला र जुनियर राष्ट्रिय टोलीका खेलाडीले यस सुविधा पाउने छन् ।
एन्फाले बैठकमा खेलाडीलाई बुट र ग्लोभ्सका लागि रकम तोक्ने विषय एजेन्डाकै रुपमा राखेको थियो ।
राष्ट्रिय खेलाडीले बुट र ग्लोभ्स किन्न पाउदै आएको रकम बढ्यो