पीएसजीका फरवार्ड कालिमुएन्डो रेनेसमा
२०२२ अगस्ट १२, शुक्रबारखेलपाटी संवाददाता

काठमाडौं । फ्रेन्च क्लब रेनेसले फरवार्ड अर्नाउड कालिमुएन्डोलाई अनुबन्ध गरेको छ ।
रेनेसले पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट फरवार्ड कालिमुएन्डोलाई अनुबन्ध गरेको हो ।
२० वर्षीय फरवार्डले रेनेससँग ५ वर्षको सम्झौता गरेका छन् ।
पीएसजीको युथ टोलीमा हुर्किएका उनले २०२० मा सिनियर टोलीमा डेब्यु गरेका थिए ।
तर, उनले पीएसजीका लागि ३ खेल खेलेका छन् ।
उनले फ्रान्सको यू-२० टोलीबाट खेलिसकेका छन् ।
पीएसजीका फरवार्ड कालिमुएन्डो रेनेसमा