डिफेन्डर गोमेज अनुबन्ध गर्दै सिटी
२०२२ अगस्ट १२, शुक्रबारखेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले डिफेन्डर सर्जियो गोमेजलाई अनुबन्ध गर्ने भएको छ ।
स्पेनका यू-२१ टोलीका सदस्य गोमेजलाई बेल्जियन क्लब एण्डरलेच्टबाट अनुबन्ध गर्न लागेको हो ।
गोमेज अनुबन्धका लागि सिटी र एण्डरलेच्टले १३ मिलियन युरोको सहमति गरेको बताईएको छ ।
२१ वर्षीय डिफेन्डरले एण्डरलेच्टका लागि ४० खेलमा ६ गोल गरेका थिए ।
बार्सिलोनाका एकेडेमीमा हुर्किएका उनले त्यसअघि हुयस्काबाट लोनमा खेलेका थिए ।
डिफेन्डर गोमेज अनुबन्ध गर्दै सिटी