काठमाडौं । इटालियन क्लब नापोलीले गोलकिपर साल्भाटोर सिरिगुलाई अनुबन्ध गरेको छ ।
नापोलीले इटालियन गोलकिपरलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
३५ वर्षीय गोलकिपरले नापोलीसँग एक वर्षको सम्झौता गरेका छन् ।
गत सिजन उनले जिनोआबाट खेलेका थिए । तर, उनले जिनोआसँगको सम्झौता नवीकरण गरेका थिएनन् ।
उनी टोरिनोबाट २०२१ मा जिनोआ आएका थिए ।