काठमाडौं । इंग्लिस क्लब लिभरपुलका युवा विंगर हार्भे इलियटले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
इंग्ल्यान्डका युवा विंगरले लिभरपुलसँग पाँच वर्षको नयाँ सम्झौता गरेका छन् ।
नयाँ सम्झौतासँगै इलियट २०२७ सम्म लिभरपुलमा रहने छन् ।
१९ वर्षीय फरवार्ड २०१९ मा फुलहमबाट लिभरपुल आएका थिए ।
उनले लिभरपुलका लागि १९ खेल खेलिसकेका छन् ।
उनले २०२०-२१ को सिजन च्याम्पियनसिप क्लब ब्लाकबर्न रोभर्सबाट लोनमा खेलेका थिए ।
रोभर्सका लागि उनले ४१ खेलमा ७ गोल र ११ असिस्ट गरेका थिए ।
