काठमाडौं । करिम बेन्जिमाले युरोपेली च्याम्पियन रियल मड्रिडका लागि ३२४ औं गोल गरे । यससँगै उनले बालोन डी’ओर अवार्डको खोजीलाई निरन्तरता दिएका छन् ।
रियलले बुधबार राति यूईएफए सुपर कपको उपाधि भिडन्तमा इनट्राक्ट फ्रान्कफर्टलाई हरायो । जसमा बेन्जिमाले भिनिसियस जुनियरको क्रसमा गोल गर्दै स्पेनिस टोलिको जित सुनिश्चित गरेका थिए ।
बेन्जिमा रियलको सर्वकालीन गोलकर्ताको सूचीमा क्रिस्टियानो रोनाल्डोपछि दोस्रो स्थानमा पुगे । उनले राउललाई पछि पार्दै ४५० गोल गरेका क्रिस्टियानो रोनाल्डोलाई पिछा गरेका छन् ।
बेन्जिमा आफ्नो करियरको सबैभन्दा उत्कृष्ट लयमा छन् । रियलको लागि ४६ खेलमा ४४ पटक गोल गर्दै आफ्नो टोलीलाई च्याम्पियन्स लिग र ला लिगा जिताउन मद्दत गरे । अझै उनी त्यो फर्म कायम राख्न तयार देखिन्छन् ।
'बेन्जेमा धेरै महत्त्वपूर्ण छन्', प्रशिक्षक एन्सेलोटीले भने, 'हामी यहाँ धेरै जसो उनको कारणले छौं - उनले धेरै महत्त्वपूर्ण गोल गरे।'
'बालोन डी'ओर कसले जित्ने भन्नेमा कुनै शङ्का छैन, यो करिम बेन्जिमाकै हुनुपर्छ,' उनले थपे ।