काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर दिपा न्यौपाने आबद्द डन बस्को एफएले केरेला महिला लिगमा फराकिलो हार व्यहोरेको छ ।
बिहीबार भएको खेलमा डन बस्कोलाई लर्ड्स एफएले १२-२ गोल अन्तरले हराएको हो ।
लर्ड्सविरुद्ध डन बस्की पहिलो हाफमै ६-१ ले पछि परेको थियो ।
तर, दिपाले पहिलो खेल भने खेलिनन् । उनी बुधबार मात्रै भारत प्रस्थान गरेकी थिइन् ।
दिपालाई केरेला लिगका लागि अनुबन्ध गरेको हो ।