बंगलादेशविरुद्धको मैत्रीपूर्णमा अलमुताईरी नहुने, प्रदिप कार्यवाहक
बिहिबार, साउन २६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । आगामी असोज दोस्रो साता बंगलादेशसँग हुने एक मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी नहुने भएका छन् ।
अलमुताईरीको अनुपस्थितिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रदिप हुमागाईलाई कार्यवाहक प्रशिक्षक नियुक्त गरेको छ ।
एन्फाको आज बसिरहेको दोस्रो कार्यसमिति बैठकले अलमुताईरीको अनुपस्थितिमा प्रदिपलाई कार्यवाहक दिने निर्णय गरेको हो ।
अलमुताईरी कतारमा स्वास्थ्यलाभ गर्दै गरेको कारण बैठकले प्रदिपलाई कार्यवहाक दिने निर्णय गरेको एक सदस्यले अन्कारी दिए ।
नेपाली राष्ट्रिय फुटबल टोलीले असोज ११ गते बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने छ ।
मैत्रीपूर्ण खेल दशरथ रंगशालामा हुनेछ ।
बंगलादेशविरुद्धको मैत्रीपूर्णमा अलमुताईरी नहुनेप्रदिप कार्यवाहक













