भिडाल ब्राजिलियन क्लबमा अनुबन्धित
बिहिबार, ३० असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । चिलीका मिडफिल्डर आर्टुरो भिडाल ब्राजिलियन क्लब फ्लामेन्गोमा अनुबन्धित भएका छन् ।
फ्लामेन्गोले बिहीबार मिडफिल्डर भिडाललाई अनुबन्ध गरिएको जनाएको छ ।
३५ वर्षीय मिडफिल्डरले फ्लामेन्गोसँग एक वर्षको सम्झौता गरेका छन् ।
ब्राजिलियन क्लबले भिडाललाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
इटालियन सिरी 'ए' क्लब इन्टर मिलानसँगको सम्झौता अन्त्य गर्दै उनी ब्राजिल लागेका हुन् ।
भिडालले इन्टरमा दुई सिजन बिताएका थिए । उनी २०२० मा बार्सिलोनाबाट इटाली आएका थिए ।
इन्टरका लागि भिडालले ७१ खेलमा ४ गोल गरेका थिए ।
भिडाल बायर्न म्युनिखबाट सन् २०१८ मा बार्सिलोना आएका थिए । उनले बार्सिलोनाका लागि ८५ खेलमा ९ गोल गरेका छन् ।
चिलीका लागि उनले १ सय ३३ खेल ३२ गोल गरिसकेका छन् ।
भिडाल ब्राजिलियन क्लब फ्लामेन्गोमा












-1770628505169.jpg&w=3840&q=75)
