काठमाडौं । प्रिमियर लिगको नव प्रवेशी क्लब फुलहमले ब्राजिलियन मिडफिल्डर एन्ड्रियास परेरालाई अनुबन्ध गरेको छ ।
फुलहमले प्रिमियर लिग प्रतिद्वन्दी क्लब म्यानचेस्टर युनाईटेडबाट मिडफिल्डर परेरालाई अनुबन्ध गरेको हो ।
२६ वर्षीय मिडफिल्डर फुलहमसँग ४ वर्षको सम्झौता गरेका छन् ।
सन् २०१४ मा युनाईटेडको सिनियर टोलीमा डेब्यु गरेका परेराले ओल्ड ट्राफोर्डका लागि ७५ खेल खेलेका छन् । जसमा ४ गोल गरेका छन् ।
पछिल्लो समय भने उनी लोनमा खेल्दै आएका थिए ।
गत सिजन उनले ब्राजिलियन क्लब फ्लामेन्गोबाट लोनमा खेलेका थिए ।
ब्राजिलियन क्लबका लागि उनले ५३ खेलमा ७ गोल गरेका थिए ।
ब्राजिलका लागि उनले १ खेल खेलेका छन् ।