• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
'युवा टोलीबाट नतिजाको अपेक्षा छ'
खेलपाटी संवाददाता
सोमबार, असार २७, २०७९ खेलपाटी संवाददाता
'युवा टोलीबाट नतिजाको अपेक्षा छ'

काठमाडौं । नेपाली यू-२० राष्ट्रिय फुटबल टोलीले आउने तीन महिना भित्र दुई ठुला प्रतियोगिता खेल्दैछ ।

नेपालको युवा टोलीले भारतमा आयोजना हुने साफ यू-२० च्याम्पियनसिप र बहराइनमा आयोजना हुने एएफसी यू-२० एसियन कप छनोट खेल्नेछ ।

दुई प्रतियोगिताका लागि नेपाली टोलीले तयारीलाई तिब्रता दिएको छ । अनुभवी प्रशिक्षक मेघराज केसीले टोलीको नेतृत्व गरिरहेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको छनोटबाट मुख्य प्रशिक्षक केसीले पहिलो चरणको बन्द प्रशिक्षणमा ४० खेलाडीलाई बोलाएका थिए ।

यतिबेला यू-२० टोलीमा ३० खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् । यहिँ ३० खेलाडीबाट साफ यू-२० र एएफसी यू-२० एसियन कप छनोट खेल्ने नेपाली टोलीको घोषणा गरिनेछ ।

कोभिड-१९ को महामारीको कारण एन्फा एकेडेमीमा खेलाडी नहुँदा यस पटक युवा  खेलाडी छनोटमा सकस रह्यो । तर, जति खेलाडी छनोट भएर टोलीमा आए सबै क्षमतावान छन् । त्यसैले मुख्य प्रशिक्षक केसी टोलीबाट खुशी छन् ।

'विगत लामो समयबाट कोरोनाका कारण खेलाडी उत्पादनको बाटो रोकिदा खुला रुपमा छनोट गर्नु पर्यो । ५/६ वर्ष अघिको जस्तो अवस्था अहिले छैन । १०० जना जति बच्चाहरु आएकामा १० दिन लगाएर हामीले ४० जनाको छनोट गर्यौ,' प्रशिक्षक केसी भन्छन्, 'मान्छेहरुले सोचिरहेका थिए । कस्तो टिम आउने हो भनेर तर जुन टिम आयो म यसमा खुसी नै रहेको छु ।'

मुख्य प्रशिक्षक केसीले राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी र नयाँ खेलाडीको मिश्रणले नेपाली टोली मजबुत बनेको बताउछन् । उनले यस टोलीबाट नतिजाको आशा गरेको बताए ।

'हाम्रो टिमले जुन मजबुत टोली बनाएका छौँ । यसबाट पूरा नतिजाको अपेक्षा रहेको छ,' प्रशिक्षक केसीले भने ।

साफ यू-२० च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।

च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ। भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने उद्घाटन खेल जुलाई २५ मा हुनेछ ।

नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्नेछ ।  त्यस्तै भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा छ ।

त्यस्तै एएफसी यू-२० छनोटमा नेपाल समूह 'बी' मा रहेको छ । नेपालको समूहमा कतार, बहराइन, भुटान र बंगालादेश छन् ।

समूह चरणको खेल सेप्टेम्बर १० देखि १८ सम्म हुनेछ । नेपालले भुटानसँग सेप्टेम्बर १० मा खेल्दा १२ सेप्टेम्बरमा कतारसँग खेल्नेछ ।

नेपालले बहराइनसँग सेप्टेम्बर १४ र बंगलादेशसँग अन्तिम खेल सेप्टेम्बर १८ मा खेल्नेछ ।

समूह विजेताले २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाउने छन् ।

प्रशिक्षक केसीका अनुसार खुला छनोटको कारण खेलाडीमा मेहेनत बढेको छ । जसले नतिजामा सकारात्मक प्रभाव पार्ने उनको भनाईछ ।

'अब फुटबलमा लाग्न चाहनेका लागि म सधै फुटबलमा लागि रहे भने टिममा पर्ने रहेछु भन्ने सन्देश गएको छ । खुला छनोटका कारण खेलाडीमा मेहेनत बढेको छ । यसले गर्दा नतिजामा सकारात्मक प्रभाव पर्नेछ,' प्रशिक्षक केसीले भने।

प्रशिक्षक केसीले नेपाली टोलीको सबै पक्ष बलियो रहेको बताए  । पछिल्लो समय टिममा टिम भावना बढेको समेत बताए ।  

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लिग खेल्न बंगलादेश पुगे किरण र आयुष
लिग खेल्न बंगलादेश पुगे किरण र आयुष
करियरलाई पुनर्जीवित गर्ने प्रयास ज्याक
करियरलाई पुनर्जीवित गर्ने प्रयास ज्याक
सरकारले रवीन्द्रलाई ५ लाख रुपैयाँसहित सम्मान गर्ने
सरकारले रवीन्द्रलाई ५ लाख रुपैयाँसहित सम्मान गर्ने
ला लिगाको खेल अमेरिकामा खेलाउने प्रस्ताव रियल मड्रिडद्वारा अस्वीकार
ला लिगाको खेल अमेरिकामा खेलाउने प्रस्ताव रियल मड्रिडद्वारा अस्वीकार
डोनारुम्माले पीएसजी छाड्ने पक्का
डोनारुम्माले पीएसजी छाड्ने पक्का
प्रशिक्षण गर्ने राम्रो मैदानसमेत नभएको बंगलादेश !
प्रशिक्षण गर्ने राम्रो मैदानसमेत नभएको बंगलादेश !
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
लिग खेल्न बंगलादेश पुगे किरण र आयुष
लिग खेल्न बंगलादेश पुगे किरण र आयुष
स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा
स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा
करियरलाई पुनर्जीवित गर्ने प्रयास ज्याक
करियरलाई पुनर्जीवित गर्ने प्रयास ज्याक
सरकारले रवीन्द्रलाई ५ लाख रुपैयाँसहित सम्मान गर्ने
सरकारले रवीन्द्रलाई ५ लाख रुपैयाँसहित सम्मान गर्ने
ला लिगाको खेल अमेरिकामा खेलाउने प्रस्ताव रियल मड्रिडद्वारा अस्वीकार
ला लिगाको खेल अमेरिकामा खेलाउने प्रस्ताव रियल मड्रिडद्वारा अस्वीकार
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP