जोकोभिच विम्बल्डनको फाइनलमा
शुक्रबार, २४ असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । साविक विजेता तथा सर्बियन नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।
सेन्टर कोर्टमा शुक्रबार राति बेलायतका क्यामरुन नोरीलाई हराउँदै जोकोभिच उपाधि नजिक पुगेका हुन् ।
शीर्ष वरीयताका जोकोभिचले नवौं वरीयताका क्यामरुनमाथि २-६, ६-३, ६-२ र ६-४ को सेटमा जित हात पारे ।
अब जोकोभिचले उपाधिका लागि निक क्रिगोससँग खेल्ने छन् ।
फाइनल आइतबार हुनेछ ।
क्रिगोसले राफायल नाडालबाट वाकओभर पाएका थिए ।
चोटको कारण नाडालले सेमिफाइनल खेल नखेल्ने भएका हुन् ।
जोकोभिच विम्बल्डनको फाइनलमा






-1767335931387.jpeg&w=3840&q=75)


-1767840835858.webp&w=3840&q=75)






