नाडालले विम्बल्डनको सेमिफाइनल नखेल्ने
शुक्रबार, असार २४, २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस टेनिस स्टार राफायल नाडालले विम्बल्डन टेनिसको सेमिफाइनल खेल नखेल्ने भएका छन् ।
दोस्रो वरियताका नाडालले सेमिफाइनल खेलबाट आफ्नो नाम फिर्ता लिएका छन् ।
नाडालले पेटको चोटको कारण सेमिफाइनल खेल नखेल्ने भएका हुन् ।
३६ वर्षीय नाडालले सेमिफाइनलमा निक क्रिगोससँग खेल्ने तालिका रहेको थियो ।
नाडालले नाम फिर्ता लिएपछि निक फाइनल पुगेका छन् ।
सेन्टर कोर्टमा बुधबार राति अमेरिकाका टेलर फ्रिट्जविरुद्धको खेलमा नाडालले चोट बोकेका थिए ।
कीर्तिमानी २२ औं पटकको ग्रान्डस्लाम विजेता नाडालले दुई पटक विम्बल्डनको उपाधि जितेका छन् ।
नाडालले विम्बल्डनको सेमिफाइनल नखेल्ने






1686853912-1760864621059.avif&w=3840&q=75)






%20(1)-1761905198112.png&w=3840&q=75)


