ओमेगा कप भोलिदेखि
बुधबार, असार २२, २०७९खेलपाटी संवाददाता

काठमाडौं । ओमेगा इन्टरनेसनल स्कुलको आयोजनामा तेश्रो ओमेग कप एसइइ थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ब्वाइजतर्फ २० र गल्र्समा ५ गरी २५ टिमको सहभागिता रहने ओमेगाका इसीए को–ओर्डिनेटर मनोजराज राजोपाध्यायले जनाएका छन् । खेल लिग कम नकआउट आधारमा हुनेछ ।
ब्वाइजमा पहिलो हुनेले १० हजार र दोश्रोले ५ हजार नगद पुरस्कार पाउने छन् । गल्र्सको विजेतालाई ७ हजार र उपविजेतालाई ५ हजार नगद पुरस्कार प्रदान गरिने छ । दुईदिने प्रतियोगिताका खेलहरु कुमारीपाटीस्थित आयोजककै कोर्टमा खेलाइने छ ।
ओमेगा कप भोलिदेखि








-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


