एसियन प्यासिफिक र टिम किरण फाइनलमा
बुधबार, असार २२, २०७९खेलपाटी संवाददाता

काठमाडौं । एसियन प्यासिफक र टिम किरण ऋत एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको गर्ल्समा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।
बसुन्धारास्थित आयोजक ऋत एकेडेमीको कोर्टमा भएको सेमिफाइनलमा एसिया प्यासिफिकले बलर्स एकेडेमीलाई ६–४ ले पराजित गर्यो । अर्को सेमिफाइनलमा टिम किरणले हिमालयन गर्ल्सलाई ८–४ ले हरायो ।
ब्वाइजमा आयोजक ऋत, न्यु जेनिथ ‘बी’ र एन्जल्स हार्ट ‘ए’ सेमिफाइनलमा पुगे । ऋतले स्किब्सलाई ५–४, न्यु जेनिथ ‘बी’ ले एन्जल्स हार्ट ‘बी’ लाई ८–६ तथा एन्जल्स हार्ट ‘ए’ ले इन्साइट भिजन ‘बी’ लाई ६–५ ले पाखा लगाए ।
सेमिफाइनलमा ऋतको भेट न्यु जेनिथ ‘बी’ संग हुनेछ । एन्जल्स हार्ट ‘ए’ ले इन्साइट भिजन ‘ए’ र न्यु जेनिथ ‘ए’ बीचको विजेतासंग खेल्ने छ । प्रतियोगिता बिहीबार हुनेछ ।
एसियन प्यासिफिक र टिम किरण फाइनलमा








-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


