वुमन्स ओपन गल्फ शनिबार
बिहिबार, असार १६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । महिला खेलाडीले मात्र सहभागिता जनाउने वुमन्स ओपन गल्फ प्रतियोगिता शनिबार आयोजना हुने भएको छ।
आयोजक आर्शिया समूहले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता रोयल नेपाल गल्फ क्लबमा शनिबार आयोजना हुने जानकारी दिएको छ ।
१८ होलमा तथा स्टेबलफोर्ड फर्म्याट र ३÷४ ह्यान्डिक्यापमा हुने प्रतियोगितामा ५० जना महिला खेलाडीको सहभागिता रहनेछ ।
प्रतियोगिताका विभिन्न विधाका विजेता खेलाडीलाई स्कुटर, बाइसाइकल, टर्किस एयरलाइन्सको टिकट, गिफ्ट भौचर लगायतले पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
विजेता खेलाडीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कृत गर्ने छन् ।
प्रतियोगिता महिला क्याप्टेन आर्शिया बानु, गल्फर प्रतिमा शेर्पा र मिडिया पर्सन सरिता श्री ज्ञवालीले संयुक्त रुपमा रोयल नेपाल गल्फसँगको सहकार्यमा आयोजना गर्न लागेको हो ।
वुमन्स ओपन गल्फ शनिबार






-1761584666208.jpeg&w=3840&q=75)



-1762660030983.webp&w=3840&q=75)


-1762650963668.webp&w=3840&q=75)
-1762650613586.webp&w=3840&q=75)

