हङकङविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं । मलेसियामा जारी एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपमा नेपालले हङकङविरुद्ध सुरुआतमा ब्याटिङ थालेको छ ।
किनरारा ओभलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको हो । हङकङले सुरुआतमा फिल्डिङ गरिरहेको छ ।
हङकङविरुद्ध मैदान उत्रदा आज नेपाल लगातार चौंथो जितको खोजीमा रहेको छ । यस्तै नेपाल समूह विजेता बन्न चाहन्छ । नेपाल यस अघि नै सेमिफाइनल पुगिसकेको छ ।
हङकङ नेपालको लागि नौलो प्रतिद्वन्दी हैन । यस अघि नेपालले हङकङसँग दुई खेल खेलेको छ । जसमा नेपालले एक जित र एक हार व्यहोरेको छ ।
समूह 'बी' मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले ३ खेलमा ६ अंक जोडेको छ ।
२ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
यस अघि नेपालले भुटानलाई ५० रन , कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले हराएको थियो ।
च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।
समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।







-1762758084543.jpg&w=3840&q=75)

-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)
