इंग्ल्यान्डलाई सिरिज

काठमाडौं । दोस्रो एकदिवसीय अन्तराष्ट्रियमा इंग्ल्यान्डले नेदरल्यान्ड्समाथि जित निकालेको छ ।
आइतबार राति भएको खेलमा इंग्ल्यान्डले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको हो ।
जितसँगै इंग्ल्यान्डले तीन खेलको सिरिज एक खेल अगाबै २-० ले जितेको छ ।
नेदरल्यान्ड्सले दिएको २ सय ३६ रनको लक्ष्य इंग्ल्यान्डले ३६ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
इंग्ल्यान्डको जितमा फिल साल्टले ७७ तथा जासन रोयले ७३ रनको अर्धशतकीय इनिङ खेले ।
मोइन अलीले अविजित ४२ तथा डाविड मालनले अविजित ३६ रन बनाए ।
नेदरल्यान्ड्सका आर्यन डुटले २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४१ ओभरमा ७ विकेट गुमाएर २ सय ३५ रन जोडेको थियो ।
नेदरल्यान्ड्सका लागि स्कट एड्वार्ड्सले ७८ रनको अर्धशतकीय इनिङ खेले ।
बास डी लिडेले ३४ तथा लोगान भान विकले अविजित ३० रन बनाए ।
आदील राशिद र डेभिड विलिले २/२ विकेट लिए ।







-1762758084543.jpg&w=3840&q=75)

-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)
