भारत र दक्षिण अफ्रीकाबीचको खेल रद्द
आइतबार, असार ५, २०७९खेलपाटी संवाददाता
काठमाडौं । घरेलु टोली भारत र दक्षिण अफ्रीकाबीचको अन्तिम तथा पाँचौं टी-ट्वान्टी क्रिकेट वर्षाको कारण रद्द भएको छ।
बैंग्लुरुमा आइतबार राति अन्तिम खेल नतिजा विहीन भएपछि दुई टोलीबीचको ५ खेलको सिरिज २-२ को बराबरीमा सकिएको छ ।
टस हारेर ब्याटिङ गरेको भारतले ३ ओभर ३ बलमा २ विकेट गुमाएर २८ रन जोडेको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । त्यसपछि लगातार वर्षाको कारण खेल पुन: हुन सकेन ।
भारतका ईशान किशन १५ रनमा आउट भए । ऋतुराज गायकवाडले १० रन बनाएका थिए ।
दक्षिण अफ्रिका लुन्गी एनगिडीले २ लिएका थिए ।
भारत र दक्षिण अफ्रीकाबीचको खेल रद्द







-1762758084543.jpg&w=3840&q=75)

-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)
