नेक्सस कप क्रिकेट भोलिदेखि
आइतबार, असार ५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेक्सस क्रिकेट एकेडेमी (एनसीए) को आयोजनामा यु–१६ नेक्सस कप टी– २० क्रिकेट– सिजन ५ सोमबारदेखि हुने भएको छ ।
प्रतियोगितामा आयोजकको २ सहित १२ छात्र टिमको सहभागिता रहने एनसीएका अध्यक्ष भरतकुमार शाहीले जनाएका छन् ।
सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूह विजेता सोझै सेमिफाइनलमा प्रवेश गर्ने छन् ।
बाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
पहिलो दिन २ खेल हुनेछ । पहिलो खेल जिएचसीए ललितपुर र केसीटीसी तथा दोश्रो खेल आयोजक एनसीए र ओसिस् क्रिकेट एकेडेमीबीच खेल हुने छ । असार १४ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।
नेक्सस कप क्रिकेट भोलिदेखि








-1762758084543.jpg&w=3840&q=75)

-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)