क्रिकेट टोली आज स्वदेश फर्कदै
शनिबार, असार ४, २०७९खेलपाटी संवाददाता

काठमाडौं । अमेरिकामा भएको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिज खेलर नेपाली राष्ट्रिय क्रिकेट टोली आज शनिबार नेपाल आईपुग्ने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोली शनिबार दिउँसो १:१५ बजे नेपाल आईपुग्ने जनाएको छ ।
नेपालले अमेरिका भ्रमणमा चार खेल खेलेको थियो ।
बिहीबार बिहान भएको खेलमा नेपाललाई अमेरिकाले ३९ रनले हराएको थियो।
सिरिज अन्तर्गत नै यस अघिको भेटमा नेपाल र अमेरिकाबीचको खेल 'टाइ' भएको थियो ।
यस सिरिज अन्तर्गत नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो । यस्तै ओमानविरुद्धको दोस्रो भेटमा नेपालले ७ विकेटको जित निकालेको थियो ।
लिग टु को अंक तालिकामा नेपाल पाँचौं स्थानमा रहेको छ ।
नेपालले १६ खेलमा १५ अंक जोडेको छ ।
क्रिकेट टोली आज स्वदेश फर्कदै








-1762758084543.jpg&w=3840&q=75)

-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)