काठमाडौं । बलियो नेपाल यू-१५ क्रिकेट प्रतियोगिता भोलि बुधबारबाट सुरु हुने भएको छ ।
बलियो नेपाल न्युट्रीसन इनिसीएटिभको आयोजनामा हुने प्रतियोगिता असार ५ गतेसम्म चल्नेछ ।
मुलपानी तल्लो मैदानमा आयोजना हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहने छ ।
प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बलियो-११ ले प्रतिस्पर्धा गर्नेछन् ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरेर लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गराईनेछ ।
टी-ट्वान्टी फर्म्याटमा आयोजना हुने प्रतियोगिताका लागि ट्यालेन्ट हन्टबाट खेलाडी छनोट गरिएको हो ।