भारत एएफसी एसियन कपमा छनोट
मंगलबार, जेठ ३१, २०७९खेलपाटी संवाददाता

काठमाडौं । भारत आगामी वर्ष आयोजना हुने एएफसी एसियन कप फुटबलका लागि छनोट भएको छ ।
एसियन कप छनोट अन्तर्गत समूह बी को प्यालेस्टाइनले मंगलबार फिलिपिन्सलाई ४-० ले हराएपछि भारतले एसियन कपमा स्थान पक्का गरेको हो ।
छनोटको समूह डी को भारतले आफ्नो अन्तिम खेल खेल्नु अघि नै एसियन कपको टिकट काटेको हो ।
समूह चरणको अन्तिम खेलमा भारतले मंगलबार हङकङसँग खेल्नेछ ।
यस समूहमा भारत २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा छ । हङकङ ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
अब भारतलाई अन्तिम खेलको नतिजाले फरक पार्ने छैन । किनकी फिलिपिन्सको हारसँगै भारत उत्कृष्ट उपविजेता बन्ने पक्का भएको छ ।
भारत पाँचौं पटक एसियन कपमा छनोट भएको हो ।
भारत एएफसी एसियन कपमा छनोट













-1763024272658.jpeg&w=3840&q=75)