पाँच खेलाडी परिवर्तनको नियम स्थायी
मंगलबार, जेठ ३१, २०७९खेलपाटी संवाददाता

काठमाडौं । अब फुटबलमा स्थायी रुपमै पाँच खेलाडी परिवर्तन गर्न पाईने भएको छ ।
कोरोना भाईरसको महामारीपछि लागु गरिएको पाँच खेलाडी परिवर्तनको नियमलाई फिफाले स्थायी नियम बनाएको छ ।
फुटबलको नियम नियन्त्रण गर्ने निकाय अन्तराष्ट्रिय फुटबल एसोसिएसन बोर्ड (आईएफएबी) ले पाँच खेलाडी परिवर्तनको नियमलाई स्थायी रुपमा मान्यता दिएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कोरोनाका कारण रोकिएको फुटबल पुन: सुरु भएपछि पाँच खेलाडी परिवर्तनको नियम बनाएको थियो ।
२०२२/२३ को सिजन सुरु अघि नयाँ नियमलाई पूर्ण रुपमा स्थायी नियम बनाइने छ ।
यस अघि फुटबलमा ३ खेलाडी परिवर्तन सकिने नियम रहेको थियो ।
यस्तै फिफाले कतार विश्वकपबाट सेमि अटोमेटेड अफसाइड टेक्नोलोजी प्रयोगमा ल्याउने तयारी गरेको छ ।
कतार विश्वकप आगामी नोभेम्बर र डिसेम्बरमा हुनेछ ।
पाँच खेलाडी परिवर्तनको नियम स्थायी













-1763024272658.jpeg&w=3840&q=75)