इन्डोनेसिया भर्सेस नेपाल : हेड टु हेड

काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले आज मंगलबार इन्डोनेसियाविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले तेस्रो तथा अन्तिम खेलको इन्डोनेसियाको सामना गर्नेछ । नेपाल र इन्डोनेसियाबीचको खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ ।
बलियो टिम इन्डोनेसियाविरुद्ध नेपाल उत्कृष्ट प्रदर्शन गर्ने योजनासहित मैदान उत्रनेछ । नेपाल पहिलो जितको खोजीमा समेत रहेको छ ।
यस अघि नेपालले लगातार दुई खेल गुमाईसकेको छ ।
छनोटको समूह 'ए' मा रहेको नेपाल अंक विहीन रहदै पुछारमा रहेको छ ।
इन्डोनेसिया २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
हेड टु हेड कस्तो ?
नेपाल र इन्डोनेसियाबीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो ।
यस अघि नेपालले इन्डोनेसियासँग एक मैत्रीपूर्ण खेल खेलेको थियो ।
सन् २०१४ को जुन २५ मा भएको मैत्रीपूर्णमा इन्डोनेसियाले २-० को जित निकालेको थियो ।
इन्डोनेसियामै भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन साम्सुल अरिफ र हेन्द्रो सिस्वान्तोले एक एक गोल गरेका थिए ।













-1763024272658.jpeg&w=3840&q=75)