डेनमार्कको सहज जित
मंगलबार, जेठ ३१, २०७९खेलपाटी संवाददाता

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा डेनमार्कले सहज जित निकालेको छ।
समूह चरण अन्तर्गत सोमबार राति भएको खेलमा डेनमार्कले अष्ट्रियलाई २-० गोल अन्तरले हराएको हो ।
खेलको २१ औं मिनेटमा जोनस विन्डले गोल गर्दै डेनमार्कलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ३७ औं मिनेटमा आन्द्रेस ओल्सेनले गोल गर्दै डेनमार्कलाई २-० को जित दिलाए ।
यस जितसँगै डेनमार्कले ४ खेलमा ९ अंक जोडेको छ ।
लिग ए ग्रुप १ को डेनमार्क शीर्ष स्थानमा उक्लिएको छ ।
अष्ट्रिया ४ खेलमा ४ अंक जोडेर तालिकाको तेस्रो स्थानमा रहेको छ ।
डेनमार्कको सहज जित













-1763024272658.jpeg&w=3840&q=75)