अष्ट्रेलिया विश्वकपमा छनोट

काठमाडौं । अष्ट्रेलिया कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि छनोट भएको छ ।
विश्वकप छनोट अन्तर्गत सोमबार राति इन्टरकन्टिनेन्टल छनोटको प्ले अफमा पेरुलाई पेनाल्टी सुटआउटमा हराउँदै अष्ट्रेलियाले विश्वकपमा स्थान बनाएको हो ।
खेलको निर्धारित र अतिरिक्त समय गोलरहित बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा अष्ट्रेलिया ५-४ ले विजयी भयो ।
पेनाल्टीमा अष्ट्रेलियाका आरोन मोए, क्रेइग गुडविन, एज्दिन रुस्टिक, जेमी माकलरेन र एवेर मविलले गोल गरे । मार्टिन बोएल पेनाल्टीमा गोल गर्न चुके।
पेरुका जियानलुका लापाडुला, एलेक्सान्डर कालेन्स, रेनाटो तापिया र इडिसन फ्लोरेसले गोल गरे ।
पेरुका लुइस इडभिनकुला पेनाल्टीमा चुक्दा एलेक्स भालेराको पेनाल्टीलाई अष्ट्रेलियाका गोलकिपर एन्ड्रिउ रेडमेनले बचाए ।
अष्ट्रेलिया विश्वकपमा छनोट हुने ३१ औं टिम हो ।
अष्ट्रेलिया पाँचौ पटक विश्वकपमा छनोट भएको हो ।
सन् २००६ बाट अष्ट्रेलिया लगातार विश्वकपमा छनोट हुँदै आईरहेको छ ।
अष्ट्रेलिया विश्वकपको समूह डी मा रहेको छ ।
यस समूहमा फ्रान्स, डेनमार्क र ट्युनिसिया रहेको छ ।










-1770799852128.png&w=3840&q=75)




