रायन बायर्नमा अनुबन्धित
सोमबार, जेठ ३०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले युवा मिडफिल्डर रायन ग्राभेनबर्चलाई अनुबन्ध गरेको छ ।
बायर्नले डच क्लब आयाक्सबाट २० वर्षीय युवा मिडफिल्डर अनुबन्ध गरेको हो ।
रायनले बायर्नसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
गत सिजन रायनले डच लिगमा ३० खेल खेल्दै २ गोल गरेका थिए ।
मिडफिल्डर रायनले नेदरल्यान्ड्सका लागि १० खेलमा १ गोल गरिसकेका छन् ।
रायन बायर्नमा अनुबन्धित













