ब्राजिलियन फरवार्ड मार्क्विन्होस आर्सनलमा
सोमबार, ३० जेठ २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब आर्सनलले ब्राजिलका युवा फरवार्ड मार्क्विन्होसलाई अनुबन्ध गरेको छ ।
प्रिमियर लिग क्लब आर्सनलले १९ वर्षीय फरवार्डलाई ब्राजिलको साओ पाउलोबाट अनुबन्ध गरेको हो ।
ब्राजिल यू-१७ टोलीका पूर्व सदस्य मार्क्विन्होसले लामो समयको सम्झौता गरेको बताईएको छ ।
मार्क्विन्होसले साओ पाउलोका लागि ४१ खेलमा ४ गोल गरेका छन् ।
गत वर्ष उनले क्लबको सिनियर टोलीमा डेब्यु गरेका थिए ।

ब्राजिलियन फरवार्ड मार्क्विन्होस आर्सनलमा










-1770799852128.png&w=3840&q=75)




