काठमाडौं । इंग्लिस क्लब चेल्सीका मिडफिल्डर बिली गिल्मोरले सम्झौता नवीकरण गरेका छन् ।
चेल्सीले सोमबार मिडफिल्डर गिल्मोरसँग सम्झौता नवीकरण गरिएको जनाएको छ ।
स्कटल्याण्डका मिडफिल्डर २०२४ सम्म चेल्सीमा रहने छन् ।
उनले गत सिजन नर्विच सिटीबाट लोनमा खेलेका थिए ।
२१ वर्षीय मिडफिल्डरले चेल्सीका लागि २२ खेल खेलेका छन् ।
रेन्जर्सको एकेडेमीमा हुर्किएका उनी २०१७ मा चेल्सीको एकेडेमी आएका थिए ।
उनले २०१९ मा चेल्सीको सिनियर टोलीमा स्थान बनाएका थिए ।