काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय वरीयतामा नेपाल यथावत रहन सफल भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपालको एकदिवसीय वरीयता यथावत रहेको हो ।
नयाँ वरीयतामा नेपाल १९ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा पनि नेपाल १९ औं स्थानमा रहेको थियो ।
नयाँ वरीयतामा न्युजिल्याण्ड शीर्ष स्थानमा रहेको छ ।
इंग्ल्यान्ड दोस्रो र अष्ट्रेलिया तेस्रो स्थानमा रहेको छ ।
पाकिस्तान भने चौंथो स्थान उक्लिएको छ ।
भारतलाई पछि पार्दै पाकिस्तान चौंथो स्थानमा उक्लिएको हो ।
भारत पाँचौं स्थानमा झरेको छ ।