एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को आगामी पाँच सिजनका लागि प्रशारण अधिकारका लागि लिलामी भैरहेको छ । यस पटक भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले चार समूहमा मिडिया अधिकार बेच्ने फैसला गरेको छ । रिपोर्टका अनुसार सुरुवाती दुई समूहमा बोली लागिसकेको छ ।
पहिलो समूहमा भारतमा टिभी मिडिया अधिकारको रहेको थियो । र यसमा साँढे २३ हजार करोड भारतीय रुपैयाँको बोली लागेको छ । दोस्रो ओटीटी प्लेटफर्मका लागि आईपीएको प्रशारण अधिकार राखिएको थियो । जसमा साढे १९ हजार करोड भारतीय रुपैयाँमा बोली लागेको छ ।
कुन कम्पनीले टिभी र डिजिटल प्रशारण अधिकार वा एकै जनाले टिभी र डिजिटल प्रशारण अधिकार प्राप्त गरे भनेर सार्वजनीक भएको छैन ।
टिभीमा आईपीएल खेलको प्रशारण गर्ने च्यानलले एक खेलको बदलामा बीसीसीआईलाई साढे ५७ करोड रुपैयाँ दिनुपर्नेछ । यस्तै, डिजिटल प्लेटफर्ममा आईपीएल म्याचको प्रशारण गर्ने कम्पनीले बीसीसीआईलाई हरेक खेलको ४८ हजार रुपैयाँ दिनुपर्नेछ ।
यसले आईपीएलको एक खेलको मुल्य १ सय ५ करोड भन्दा बढी हुने देखिएको छ । सन् २०२३ देखि २०२७ सम्म भारतमा खेलको प्रशारण गर्ने कम्पनीले बीसीसीआईलाई ४३ हजार २ सय ५५ करोड रुपैयाँ दिनेछ ।
ईपीएल भन्दा आईपीएलको खेलको मुल्य बढी
आईपीएल २०२३–२०२७ सम्म मिडिया अधिकारको लिलामी पुरा भैसकेको छैन तर आईपीएलको एक खेलको मुल्य ईपीएल भन्दा बढी भएको छ ।
ईपीएलमा एक खेलको मुल्य लगभग ८६ करोड रुपैयाँ हो । तर आईपीएलको एक खेलको मुल्य १ सय ५ करोडमा गैसकेको छ । अब एनएफएल (अमेरिकी फुटबल लिग)को एक खेलको कमाई आईपीएल भन्दा अघि छ ।
एनएफएलको एक खेलको मुल्य १ सय ९ करोड रुपैयाँ रहेको छ ।
आईपीएलको मिडिया अधिकारको लिलामी पुरा भएपछि आईपीएलको एक खेलको मुल्य बाँकी सबै लिग भन्दा धेरै हुन सक्नेछ ।