दक्षिण अफ्रीकासँग भारतको दोस्रो हार

काठमाडौं । दोस्रो टी-ट्वान्टी क्रिकेटमा घरेलु टोली भारतलाई दक्षिण अफ्रीकाले हराएको छ ।
आइतबार राति भएको खेलमा पाहुना टोली दक्षिण अफ्रीकाले भारतलाई ४ विकेटले हराएको हो ।
यस जितसँगै दक्षिण अफ्रीकाले ५ खेलको सिरिजमा २-० को अग्रता बनाएको छ ।
भारतले दिएको १ सय ४९ रनको लक्ष्य दक्षिण अफ्रीकाले १८ ओभर २ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।
दक्षिण अफ्रीकाको जितमा हेन्रिच क्लासेनले ८१ रनको अर्धशतकीय इनिङ खेले ।
यस्तै कप्तान टेम्बा बाभुमाले ३५ तथा डेभिड मिलरले अविजित २० रनको योगदान गरे ।
भारतका भुवनेश्वर कुमारले ४ तथा हर्सल पटेल र युजभेन्द्र चाहलले एक एक विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४८ रन जोडेको थियो ।
भारतका श्रेयस इयरले ४० तथा इशान किशनले ३४ रन बनाए । दिनेश कार्तिकले अविजित ३० रन जोडे ।
दक्षिण अफ्रीकाका एन्रिच नोर्कियाले २ विकेट लिए ।








-1762758084543.jpg&w=3840&q=75)




-1762763443397.jpg&w=3840&q=75)