काठमाडौं मेयर्स कप क्रिकेट आयोजनाका लागि छलफल
आइतबार, जेठ २९, २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का जेनेरल म्यानेजर वृतान्त खनालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) सँग भेट गरेका छन् ।
क्यानले आइतबार जेनेरल म्यानेजर खनालले बालेनसँग भेटवार्ता गरेको जनाएको छ ।
भेटमा खनाल र साहबीच महानगरमा क्रिकेट प्रवर्द्धन र आगामी काठमाडौं मेयर्स कपको प्रस्तावबारे छलफल भएको बताईएको छ ।
क्यानले ललितपुर महानगरपालिकासँग सहकार्य गर्दै ललितपुर मेयर्स कप क्रिकेट आयोजना गर्दै आईरहेको छ ।
काठमाडौं मेयर्स कप क्रिकेट आयोजनाका लागि छलफल








-1762758084543.jpg&w=3840&q=75)




-1762763443397.jpg&w=3840&q=75)