सोमबार, कार्तिक १८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

यू–२० को बन्द प्रशिक्षणमा बागमती युथका ५ खेलाडी 

आइतबार, जेठ २९, २०७९खेलपाटी संवाददाता
यू–२० को बन्द प्रशिक्षणमा बागमती युथका ५ खेलाडी 
Classic Tech Internet Ad

काठमाडौं । नेपालको यू–२० राष्ट्रिय फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षणमा मोफसलको क्लब बागमती युथबाट ५ खेलाडी छनोट भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ र एएफसी छनोट खेल्नका लागि तयार पारेको प्रारम्भिक टिममा सर्लाहीको बागमती युथका ५ खेलाडी परेका हुन् ।

एन्फाले शनिबार यू–२० राष्ट्रिय टिमका लागि प्रारम्भिक ४० खेलाडीको छनोट गरेका थियो । मुख्य प्रशिक्षक मेघराज केसीले देशभरबाट छनोट गरेको प्रारम्भिक टिममा मोफसलको एउटै क्लबका ५ खेलाडी परेका हुन् । 

बागमती युथबाट प्रितम स्याङ्तान, अमर श्रेष्ठ, अभिषेक वाइबा, दिपेश राई र क्षितिज भण्डारीले बन्द प्रशिक्षणमा स्थान बनाएका छन् ।

सर्लाहीबाट राकेश विक समेत बन्द प्रशिक्षणमा परेका छन्, तर उनी बागमती युथ क्लबका हैनन् । सर्लाही जिल्लाको बागमती युथ राष्ट्रिय स्तरका खेलाडी उत्पादन र प्रबद्र्धन गर्ने क्लबको रुपमा परिचित छ ।

खेलाडीलाई निरन्तर मासिक तलब दिएर राख्ने र एक्सपोजर दिने क्लबको रुपमा बागमतीले चर्चा कमाएको छ । 

यसअघि एन्फाकै यू–१३ छनोटमा बागमती युथ क्लबका ७ जना खेलाडी परेका थिए । खेलाडीलाई निरन्तर अभ्यासमा राखेर, आर्थिक रुपमा सबल बनाउँदै बागमती युथले मोफसलका प्रतिष्ठित प्रतियोगिता खेल्दै आएको छ । 

चार वर्षअघि प्रशिक्षकको रुपमा क्लबको जिम्मेवारी लिएका रोजित केसीले खेलाडीलाई प्रशिक्षण दिदै आएका छन् । उनकै प्रशिक्षणमा यू–१३ र यू–२० राष्ट्रिय छनोटमा बागमती क्लबले ठुलो सफलता हासिल गरेको छ । मोफसलका बसेर खेलाडी उत्पादनमा उत्कृष्ट कार्य गरेवापत एन्फाले केसीलाई यू–२३ राष्ट्रिय टिमको सहायक प्रशिक्षकको जिम्मेवारी पनि दिएको थियो । 

राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा योगदान गर्दै आएको क्लबलाई बागमती नगरपालिका र यसका मेयर भरतकुमार थापाले मुख्य रुपमा सहयोग गर्दै आएका छन् । नगरपालिका र मेयरकै पुर्ण सहयोगमा क्लबले पुरुष टिम, महिला टिम र युथ एकेडेमी सञ्चालन गर्दै खेलाडीलाई जिविकोपार्जनका लागि मासिक तलब दिदै आएको छ । नगरपालिकाकै सहयोगमा क्लबले मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता राजर्षी जनक गोल्डकप आयोजना गर्दै आएको छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सय दिनमा सम्भव छ दशौं राष्ट्रिय खेलकुद ?

सय दिनमा सम्भव छ दशौं राष्ट्रिय खेलकुद ?

म्याट रस : ठूलो सपना देखाउने प्रशिक्षकको छोटो यात्रा

म्याट रस : ठूलो सपना देखाउने प्रशिक्षकको छोटो यात्रा

नयाँ संयोजन, नयाँ अवसर

नयाँ संयोजन, नयाँ अवसर

Bajaj Pulsar Motorcycle Ad
संकटा पथरीशनिश्चरे गोल्डकपबाट बाहिरियो

संकटा पथरीशनिश्चरे गोल्डकपबाट बाहिरियो

पुलिसको जितमा मिनाको ५ गोल

पुलिसको जितमा मिनाको ५ गोल

 ए डिभिजन लिग यस वर्ष नहुने

ए डिभिजन लिग यस वर्ष नहुने

एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख रुपैयाँ पाउने

एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख रुपैयाँ पाउने

‘रोबोट सेलिब्रेशन’मा हल्यान्ड

‘रोबोट सेलिब्रेशन’मा हल्यान्ड

दशौंको छलफल गर्न मुख्यमन्त्रीले दिएनन् समय

दशौंको छलफल गर्न मुख्यमन्त्रीले दिएनन् समय

बायर्नले बर्लिनसँग खेल्ने

बायर्नले बर्लिनसँग खेल्ने

फेरि चम्किए हल्यान्ड

फेरि चम्किए हल्यान्ड