होल्डरले बंगलादेशविरुद्धको सिरिज गुमाउने
शुक्रबार, २७ जेठ २०७९खेलपाटी संवाददाता
काठमाडौं । वेस्ट इन्डिजका अलराउण्डर जासन होल्डरले बंगलादेशविरुद्धको सिरिज गुमाउने भएका छन् ।
वेस्ट इन्डिज क्रिकेटले होल्डरलाई आराम र रिकभरीका लागि छुट्टि दिएको छ ।
३० वर्षीय होल्डरले बोर्डसँग आराम र रिकभरीका लागि छुट्टि मागेका थिए ।
बोर्डले उनको अनुरोध स्वीकार गरेको छ।
होल्डरले गत जनवरीबाट लगातार खेल्दै आईरहेका थिए ।
आगामी जुन र जुलाईमा बंगलादेशले वेस्ट इन्डिजको भ्रमण गर्नेछ ।
वेस्ट इन्डिज र बंगलादेशबीच २ टेस्ट, तीन टी-ट्वान्टी र ३ खेलको एकदिवसीय सिरिज हुनेछ ।
होल्डरले बंगलादेशविरुद्धको सिरिज गुमाउने













-1775916660994.webp&w=3840&q=75)
-1775884046825.webp&w=3840&q=75)