नेपाल टिम च्याम्पियन
बिहिबार, जेठ १२, २०७९खेलपाटी संवाददाता
काठमाडौं । नेपाल १३ औं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा बिहीबार टिम च्याम्पियन बनेको छ । नेपाल सर्वाधिक ४० स्वर्णसाथ टिम च्याम्पियन बनेको हो ।
नेपाल सोतोकान कराते संघद्वारा आयोजित प्रतियोगितामा इन्डियन सोतोकान कराते कोलकाता ३ स्वर्णसहित दोश्रो भयो । तेश्रो स्थानको टीएसआरकेकेओले २ स्वर्ण हात पार्यो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको पुरुषमा नेपालका प्रदीप राई तथा महिलामा नेपालकै एन्जिला डंगोल उत्कृष्ट खेलाडी घोषित भए ।
विजेतालाई राखेप सदस्य–सचिव टंकलाल घिसिङलगायतले एक कार्यक्रमबीच पुरष्कृत गरे । आयोजक संघका महासचिव एवं प्रमुख प्रशिक्षक श्याम शेर्पाका अनुसार प्रतियोगितामा करिब ६ सय खेलाडीले विभिन्न ४६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
नेपाल टिम च्याम्पियन






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)






