अन्तर्राष्ट्रिय कराते सुरु
मंगलबार, जेठ १०, २०७९खेलपाटी संवाददाता
काठमाडौं । नेपाल सोतोकान कराते संघको आयोजनामा १३ औं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिता मंगलबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु भएको छ ।
प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका करिब ६ सय खेलाडीको सहभागिता रहेको आयोजक संघका महासचिव एवं प्रमुख प्रशिक्षक श्याम शेर्पाले जनाएका छन् ।
विभिन्न ४६ स्पर्धा समावेश प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ । औपचारिक उद्घाटन बुधबार हुने आयोजकले जनाएको छ ।
अन्तर्राष्ट्रिय कराते सुरु






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)







