• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
आफ्नै चक्रव्युहमा अलमुताईरी 
हेम राज हमाल
शुक्रबार, जेठ ६, २०७९ हेम राज हमाल
आफ्नै चक्रव्युहमा अलमुताईरी 

काठमाडौं । नेपाली फुटबल र विवाद एक अर्काका पर्याय जस्तै हुन् । कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको आगमनपछि फुटबलका विवादले चरमसिमा पार गरे । 

पछिल्लो विवादको आयाम अली फरक थियो । यो विवाद अल्मुताईरीसंग जोडिएर आएका अधिकांश विवादको सुचिमा सामेल भएर मथ्थर हुने खालको थिएन । किनकी हिजोका दिनमा अलमुताईरीको ’जय नेपाल’को नारामा एकाकार हुने उनका प्रिय खेलाडीले यसपटक उनीबिरुद्द सार्वजनिक रुपमै असन्तुष्टि जनाएका थिए । नतिजा नेपाली फुटबल दुई सिरामा बाँडिन पुग्यो ।

एउटा पक्ष अलमुताईरीको बचाउमा ‘उनी जस्तो प्रशिक्षक नेपालले फेरी कहिल्यै नपाउने र सम्पूर्ण गल्ती खेलाडीकै हो’ भन्दै लागे । जसमा धेरैजसो त समर्थक थिए । यो प्रवृति अझैपनि सामाजिक संजालमा ब्यापक देख्न पाइन्छ । 
अर्को पक्ष ‘आफ्नो सम्पूर्ण जीवन फुटबलमै दिएर राष्ट्रको लागि पसिना बगाउने खेलाडी कसरी गलत हुनसक्छ’ भनेर सहानुभुती राखे ।

तर महत्वपुर्ण कुरा यि सबै घटनाक्रमको बिचमा अभिभावक संस्था एन्फा कहाँ थियो ?

यसको उत्तर भेट्न त्यति सजिलो छैन । प्रस्ट दुई धारबाट आसन्न निर्वाचनको लागि अघि बढेको एन्फालाई यो विषयमा सोच्ने फुर्सद कहाँ थियो र ?

एन्फा नेतृत्वसँग कुनैदिन आफैले बुई चढाएर ‘हाई हाई’ गरेका अलमुताईरीविरुद्ध जाने शाहस थिएन । एन्फाको असन्तुष्ट पक्ष भने यहि घटनालाई मौका सम्झिएर यसबाट आफुले लिनसक्ने चुनावी फाइदा कति छ ? कति छैन ? भनेर लेखाजोखा गरिरहेको थियो । त्यसैले त असन्तुष्ट पक्षधर यस बिषयमा ‘शब्दको नापतौल’ गरेर बोलिरहेका थिए । 
खेलाडी पिडित थिए । उनीहरुलाई सामाजिक संजालमा व्यक्तिगत ’थ्रेट’को बाढीनै थियो । उनीहरुमाथि ’देशद्रोही’ सम्मका आरोप पनि लगाइयो । 

फुटबल जगतमै ठुलो तरङ्ग मच्चाएको यति ठुलो र संवेदनशिल विषयमा एन्फाले समाधानको लागि अग्रणी भूमिका खेल्नु त कता हो कता विवादको सम्बन्धमा आधिकारीक धारणानै स्पष्ट नपार्दा ब्यापक आलोचना भयो । अन्ततः सिंगो खेल जगतबाट दबाब खेपिसकेपछि कानमा तेल हालेर सुतेको एन्फा ब्युझियो र गठन गर्यो ३ सदस्यीय छानबिन समिति ।  
छानबिन समितिले २८ पृष्ठ लामो प्रतिवेदन बुझाइसकेको छ । 

प्रतिबेदनमा छानविन समितिले एएफसी कप छनोटको समापनसँगै कतारसँग परामर्श गरेर प्रशिक्षक परिवर्तन गर्न एन्फालाई सुझाव दिएको छ । समितिले प्रशिक्षक आफै अस्वस्थ रहेको बयानको क्रममा बताएको उल्लेख गर्दै वर्तमान प्रशिक्षक अलमुताईरी जिम्मेवारी सम्हाल्न सक्षम नभएको समेत औल्याएको छ । एन्फा स्रोतका अनुसार प्रशिक्षक दायरा भन्दा बाहिर गएर खेलाडीको नीजि जिवनमा हस्तक्षप गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिबेदनमा खेलाडीले पनि राष्ट्रिय टोलीको क्लोज क्याम्प छाडेर जानुलाई गल्ती देखाएको छ । आफ्नो गल्ती स्वीकार गरेर माफी मागेर टोलीमा फर्किन सुझाव दिएको छ । 

सबैलाई लाग्यो अब सबैकुरा सहि हुनेछ । 

तर शुक्रबार मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडी बाहिर राख्दै एएफसी कप छनोटका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा गरे । उनले आफु बिरुद्ध असन्तुष्टि जनाउँदै बैशाख १३ गते बन्द प्रशिक्षण छाडेका १० खेलाडीलाई सबै भन्दा ठुलो झट्का दिएका छन् । 

बिहिबार मात्र उनलाई हटाउनुपर्ने सुझाव सहित छानबिन समितिले प्रतिबेदन बुझाएको थियो । त्यसपश्चात सबैलाई लागेको थियो, अब खेलाडीलाई केहि राहत मिल्नेछ । तर अलमुताईरीले भोलिपल्ट नै राष्ट्रिय टोली घोषणा गरेर ‘काउन्टर अट्याक’ दिएका छन् ।

मैदानमा प्रतिद्वन्दीबिरुद्द उत्रिदा रोहित चन्द, अनन्त तामाङ, अन्जन विष्ट, सुजल श्रेष्ठ, विशाल श्रेष्ठ, विशाल राई, बिमल घर्तिमगर, सुमन लामा, सुमन अर्याल र दिनेश राजवंशीले विपक्षीका अनगिन्ती काउन्टर रोकेका छन् । तर समयले उनीहरुलाई ’आत्मघाती’ गोल हानेको छ । 

उनीहरुलाई त खादै नखाएको बिषले पोलिरहेको छ । खेलाडीहरु अचम्मित छन् । दुखी छन् । पिडित छन् र केही हदसम्म लाचार पनि । त्यसैले पनि सामाजिक संजालमा बेला बेलामा आफ्ना कुण्ठाहरू पोखिरहेका भेटिन्छन् । 
अन्जन विष्टले केहीदिन अघि मनाएको जन्मदिनमा पहिलेको उल्लास भेटेनन् । उनी भनिरहेका थिए, गल्तीनै नगरी सजाए पाइरहेका छौं । फेरी राष्ट्रिय टोलीको जर्सी लगाएर सबैलाई खुसी दिने भन्दै आशाबादी बनिरहेका थिए । यता विवाद उत्कर्षमा पुग्दा कप्तान समेत रहेका किरण चेम्जोङ्ग समुन्द्र पारि माल्दिभ्समा थिए । सपनामा पनि सोचेका थिएनन्, एकाएक यो दिन आउनेछ भनेर । 

समग्रमा १० जना खेलाडीनै एउटा सुखद भविष्यको पर्खाइमा छन् । उनीहरु विश्वस्त छन्, सबै सहि हुनेछ । उनीहरुकै भाषामा ‘सत्यको बिजय’ हुनेछ । कत्तिपनि आत्मालोचना नगरी आफ्नो फैसलामै अडिक रहेका अलमुताइरीसँग सामना गर्न खेलाडीहरु डराएका छैनन् । 

अलमुताईरी यतिमै रोकिएका छैनन् । छानबिन समितिको प्रतिवेदन आईसकेको र आफ्नो प्रतिकुल आएको जानकारी उनलाई छ । तर उनले प्रतिबेदनको निर्णयलाईनै चुनौती दिने संकेत गरिसकेका छन् । अलमुताईरीले आफ्नो इन्स्टाग्राममा फोटो राख्दै प्रश्नवाचक चिन्ह राखेर सोधेका छन् । यसलाई अर्थ लगाउदा मतलब हुन्छ ’’अब के त ?’’
यसको जवाफमा उनै १० जना खेलाडीले आ आफ्नो सामाजिक संजालमार्फत प्रतिक्रिया जनाएका छन् । 

मिडफिल्डर बिशाल राई लेख्छन्, ‘सत्य कठोर हुन्छ तर यो मर्दैन, झुटले तपाईलाई केहीबेरको सन्तुष्टि देला तर त्यो लामो समय रहँदैन’

सिनियर खेलाडी रोहित चन्द भन्छन्, ‘सत्यलाई नकार्न सकिएला तर तथ्यलाई बदल्न सकिदैन’

राष्ट्रिय टिमका दोस्रो रोजाईका गोलकिपर बिशाल श्रेष्ठको भनाईमा ‘सत्य बोल्दा केहि क्षण पिडा हुन्छ तर झुटले सदैब पिडा दिन्छ’

भर्खरै राष्ट्रिय टोलीमा पुनरागमन गरेका बिमल घर्ति मगरले पनि आफ्नो भनाइ राखेका छन्, ‘झुटको साहारामा आफ्नो ईगो प्रस्तुत गर्नु भन्दा गल्ती स्विकार्नु महानता हो ।’

अन्जन बिष्टले लेखेका छन्, ‘ढिलो चाँडो सत्यको बिजय हुन्छ’

तेज तामाङले अलमुताईरीलाई झुटको खेली गर्ने व्यक्तिको संज्ञा दिएका छन् । उनी भन्छन्, ‘उनले हामीलाई सिकाए सत्य बोल्नुपर्छ भनेर तर अहिले आफै झुटको खेति गरिरहेका छन् ।’

अनन्त तामाङले अलमुताईरीलाई रंग फेर्न माहिर छेपारो जस्तै रहेको आरोप लगाएका छन् । ‘तपाईसंग रंग बदल्ने ठुलो क्षमता छ ।’ उनको वाक्य छ ।  

डिफेन्डर दिनेश राजबंशीले अलमुताइरीलाई ‘सत्यलाई दबाएर झुट बोल्नु तपाइको लागि ठुलोकुरा नभएको’ प्रतिक्रिया दिएका छन् । 

राष्ट्रिय फुटबल टिमका सिनियर १० खेलाडीले एफसी कप छनोटको बन्द प्रशिक्षण छाडेर बाहिर निस्किएपछि नेपाली फुटबल विक्षिप्त बनेको थियो । उपकप्तान रोहित चन्द सहितका खेलाडीले प्रशिक्षणको क्रममा राम्रो बस्न र खानको प्रबन्ध गर्न अनुरोध गरेपछि प्रशिक्षक अलमुताईरीले चन्दलाई राष्ट्रिय टिमबाट बाहिर निकालेका थिए ।

रोहितको माग सबै खेलाडीको आवाज रहेको भन्दै सिनियर खेलाडीले उपकप्तानको कुनै गल्ती नरहेको प्रशिक्षकसँग भनेका थिए । खेलाडीले प्रशिक्षणको दौरान राम्रो प्रबन्धका लागि उपकप्तानलाई बोल्नका आफुहरुले नै आग्रह गरेको धारणा राखेपछि अलमुताईरीले अपशब्द प्रयोग गरि थप सिनियर ९ खेलाडीलाई बन्द प्रशिक्षणबाट निकालेका थिए ।

हुन त राष्ट्रिय टिमको प्रशिक्षक भनेको युद्धको मोर्चाको सेनापति जस्तै हो । अलमुताईरी नेपाली फुटबल टिमका सबैले विश्वास र भर गरेका सेनापति मानिन्थे । तर अलमुताईरीले युद्धको मोर्चाका आफ्ना हरेक सेनामाथि मानसिक दबाब थुपारे । अनावश्यक टर्चर दिए । हरेक घटनालाई इगोको रुपमा लिए । आवश्यकता र मुडका आधारमा सेना फेरबदलको धम्की दिए । सन्त्रास फैलाए ।  अन्तिममा उनै सेनाले आफ्नो सेनापतीविरुद्ध विद्रोह गरे ।  सेनापति आफै अहिले फसादमा परेका छन् ।

अब्दुल्लाह अलमुताईरीलाई यसैपनि फुटबल वृत्तमा ’कटेन्सन सिकर’ भनेर चिनिन्छ । सामाजिक संजालमा उनीविरुद्ध खनिएका खेलाडीको प्रतिक्रियालाई उनले पनि देख्नेछन् र फेरी कुनै नयाँ काण्ड लिएर आउनेछन् । अहिलेलाई अलमुताईरीको नेपाली फुटबल च्याप्टर ‘क्लोज’ हुने अवस्थामा आईपुगेको छ । 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
रसले अर्को इतिहास कोर्लान्?
रसले अर्को इतिहास कोर्लान्?
अञ्जनलाई कीर्तिमानी गोलको दबाब
अञ्जनलाई कीर्तिमानी गोलको दबाब
‘एसियन कपमा पुग्ने क्षमता छ,  विश्वकपमा पुग्न यो स्तरले सक्दैन’
‘एसियन कपमा पुग्ने क्षमता छ, विश्वकपमा पुग्न यो स्तरले सक्दैन’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
इतिहास बनाएको नेपाल
इतिहास बनाएको नेपाल
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
१२ वर्षपछि टी–२० फर्म्याटमा भिड्दै नेपाल र स्कटल्यान्ड
१२ वर्षपछि टी–२० फर्म्याटमा भिड्दै नेपाल र स्कटल्यान्ड
एकै खेलमा ३ रातोसहित ७ कार्ड, २१ फउल
एकै खेलमा ३ रातोसहित ७ कार्ड, २१ फउल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP