काठमाडौं । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले पुनरागमन जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा इन्टरले पुनरागमन गर्दै इम्पोलीलाई ४-२ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा सुरुआती दुई गोलको अग्रता उल्टाएर इन्टरले जित निकालेको हो ।
आन्द्रेले पाँचौं मिनेटमा गोल गर्दै इम्पोलीलाई सुरुआती अग्रता दिएका थिए ।
खेलको २८ औं मिनेटमा अस्लानीले गोल गरेपछि इम्पोली २-० ले अघि रह्यो ।
तर, खेलको ४० औं मिनेटमा इम्पोलीका सिमोनले आत्मघाती गोल गरेपछि खेल २-१ को स्थितिमा आयो ।
४५ औं मिनेटमा लाउटरो मार्टिनेजले गोल गर्दै इन्टरलाई २-२ गोलको बराबरीमा ल्याए ।
खेलको ६४ औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई ३-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा एलेक्सिस सान्चेजले गोल गर्दै इन्टरलाई ४-२ को जित दिलाए ।
जितसँगै इन्टर शीर्ष स्थानमा उक्लिएको छ ।
इन्टरले ३६ खेलमा ७८ अंक जोडेको छ ।
इम्पोली ३७ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।