अर्टेटाद्वारा सम्झौता नवीकरण
शुक्रबार, २३ बैशाख २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रिमियर लिग क्लब आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटाले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
अर्टेटाले शुक्रबार सम्झौता नवीकरण गरेको आर्सनलले जनाएको छ ।
अब अर्टेटा २०२५ को जुनसम्म आर्सनलमा रहने छन् ।
'म उत्साहित र धेरै धेरै खुशी छु,' सम्झौतापछि अर्टेटाले भनेका छन् ।
स्पेनिस प्रशिक्षक अर्टेटा २०१९ मा आर्सनलको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।
अर्टेटाद्वारा सम्झौता नवीकरण






-1775916660994.webp&w=3840&q=75)





-1775884046825.webp&w=3840&q=75)